नेपालगन्जमा ट्रक र बस ठोक्किदा एकको मृत्यू, २३ घाइते

१० को अवस्था गम्भिर

बाकेको नेपालगञ्ज– खजुरा सडकखण्डमा बस र ट्रक जुध्दा एक जनाको मृत्यु भएको छ । दुर्घटना परी २३ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय बाकेले जनाएको छ । नेपालगन्जबाट खजुरातर्फ गइरहेको ना ४ ख १०९४ नम्बरकोे बस र मानखोलाबाट नेपालगन्ज तर्फ आउदै गरेको ना २ ख ९३६० नम्बरको ट्रक गएराति ठोक्किएका हुन् ।

बाके प्रहरीका अनुसार मृत्यू हुनेमा ट्रकमा सवार भारत रुपैडिहाका राम मनोहर शर्मा रहेका छन् । दुर्घटनामा घाइते भएका मध्ये १० जनाको अवस्था गम्भिर रहेको छ ।

गम्भिर घाइते एक जनालाई थप उपचारका लागि लखनउ रिफर गरिएको छ, अन्य ९ जनाको मेडिकल कलेज नेपालगन्जमा उपचार भइरहेको छ । सामान्य घाइते भएका अन्य १३ जना उपचार पछि घर फर्किएको प्रहरीले जनाएको छ । दुर्गा मुर्ती मानखोलामा बिर्सजन गरेर आउदै गरेको ट्रक दुर्घटना परेको हो ।