भारतीय प्रधानमन्त्री मोदी नेपाल आउने निश्चित….

अाखिर किन आउदैछन उनि नेपालमा ?

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी तेस्रोपटक नेपाल आउने प्रायस् निश्चित भएको छ । प्रधानमन्त्री भएलगत्तै उनी नेपाल आएका थिए । त्यसको तीन महिनापछि नै सार्कको १८ औं शिखर सम्मेलनमा सहभागी हुन मोदी २०७१ मंसिरमा काठमाडौं उत्रेका थिए । पहिलो भ्रमणका क्रममा उनले निकै चर्चा र प्रशंसा पाएका थिए । दोस्रो भ्रमण भने त्यस्तो हुन सकेन । संविधान जारी भएपछि भारतले एकतर्फी रूपमा नाकाबन्दी लगाएपछि नेपालमा मोदीको लोकप्रियता घटेन मात्र, भारतविरोधी भावनासमेत बढ्यो ।

बिस्तारै त्यो चाप कम हुँदै सम्बन्ध पुनस् सुमधुर हुन लागेको समयमा मोदी पुनस् नेपाल आउन लागेका हुन् । छिमेकसँगको सम्बन्धमा जोड दिने बताउँदै आएका मोदीले आफ्नो आन्तरिक लोकप्रियताका लागि पनि नेपाल सम्बन्धलाई पहिलेकै अवस्थामा ल्याउनुपर्ने अवस्था रहेकाले सुधारका पक्षमा भारतीयहरू देखिएको अधिकारीहरू बताउँछन् । त्यसका लागि भारतीय सरकारी कम्पनी सतलजको लगानी रहेको अरुण तेस्रो जलविद्युत् आयोजनाको शिलान्यास उपयुक्त अवसर बन्न सक्ने उनीहरूको बुझाइ छ ।

भारतीय प्रधानमन्त्री मोदी करिब १ खर्ब १६ अर्ब लागतको ९ सय मेगावाटको अरुण तेस्रो आयोजना उद्घाटन गर्न नेपाल आउन लागेका हुन् । प्रधानमन्त्री शेरबहादुर देउवा र मोदीले संयुक्त रूपमा आयोजना शिलान्यास गर्ने गरी परराष्ट्र मन्त्रालय भ्रमणको तयारीमा जुटेको हो । दसैं बिदाका बेला पनि मन्त्रालय भ्रमणको तयारीमा जुटिरहेको छ । मोदीको भ्रमणको तिथि तय गर्नेबारे सोमबार सम्बन्धित निकायहरूबीच छलफल चलेको थियो ।

भारतीय प्रधानमन्त्रीले आयोजना अघि बढाउन चासो देखाएपछि प्रक्रिया द्रुत गतिमा अघि बढेको अधिकारीहरू बताउँछन् । आयोजनाको शिलान्यास भारत र नेपालका कार्यकारी प्रमुखले संयुक्त रूपमा गर्ने सहमति प्रधानमन्त्री देउवाको भारत भ्रमणका क्रममा नै भएको हो ।

भारतका लागि नेपालका राजदूत दीपकुमार उपाध्यायले भारतीय प्रधानमन्त्रीको भ्रमणको तिथि टुंगो लगाउने विषय अन्तिम चरणमा रहेको बताए । ‘प्रधानमन्त्री मोदीको भ्रमण जतिसक्दो छिटो हुनेमा दुई मत छैन, तिथि एकरदुई दिनमा तय हुनेछ । यसमा गृहकार्य भइरहेको छ,’ राजदूत उपाध्यायले कान्तिपुरलाई टेलिफोनमा भने, ‘भ्रमण गर्ने विषय गत महिना प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा नै तय भएको हो ।’

प्रधानमन्त्रीको भारत भ्रमणको समयमा भएको संयुक्त वक्तव्यमा नै मोदीको नेपाल भ्रमण हुने विषय उल्लेख छ । बहुचर्चित परियोजना पञ्चेश्वरको टुंगो पनि एक महिनाभित्र सक्ने सहमति भएअनुरूप काम अघि बढेको थियो । मोदीले असोज अन्तिम वा कात्तिक सुरुमै भ्रमण गर्ने गरी छलफल भइरहेको अधिकारीले जनाए । कान्तिपुरले लेखेको छ ।