गाेपाल किराँती भन्छन- एमालेको लागि माओवादी आन्दोलनको बलि दिइयो

माओवादी केन्द्रका नेता गोपाल किराँतीले एमाले घोर दक्षिणपन्थी भएको बताउँदै उसँगको एकता स्वीकार नगर्ने बताएका छन् । एमालेसँग पार्टी एकता गर्ने अध्यक्ष प्रचण्डको प्रस्तावलाई बैठकमा अस्वीकार गरेका किराँतीले माओवादी आन्दोलनलाई विसर्जन गर्ने षड्यन्त्रका साथ एकता भएको दाबी गरे ।

‘घोर दक्षिणपन्थी एमालेसँग पार्टी एकता गर्नु भनेको माओवादी पार्टी र आन्दोलनलाई त्रिशुली नदीमा लगेर बिसर्जन गर्ने षड्यन्त्र हो’ किरातीले एक संचारमाध्यमसँगको कुराकानीमा भनेका छन् । एमाले अध्यक्ष केपी ओलीका कटु आलोचक नेता किरातीले आफूले माओवादी केन्द्रको पुर्नगठन गर्ने बताए ।

उनले माक्र्सवाद, लेनिनवाद, माओवादको विज्ञानलाई पथप्रदर्शक सिद्धान्त मान्दै जनयुद्धका शहीदहरुको सपना पूरा गर्ने प्रतिवद्धता समेत जाहेर गरे । अध्यक्ष प्रचण्डले एमालेको संकटलाई टार्न माओवादी आन्दोलनलाई बलिमा चढाइएको बताउँदै माओवादीले माओवादी आन्दोलनका संकट समाधान गर्नुपर्ने बताए ।