स्तनपान नगराई छोरा बित्यो, आमा अस्पतालमा

विराटनगर-१४ किसञ्जु साहलाई सुत्केरी व्‍यथाले च्याप्यो।परिवारका सदस्यले हतार-हतार ‘रुटिन चेक अप’ गर्ने चिकित्सक कहाँ पुर्‍याए। साहलाई नियमित चेकजाँचगर्दैआएकीन्युरो अस्पतालकी चिकित्सकरेनुका राठीले सुझावदिदैं भनिन्, ‘पाठेघरबाट पानीबग्ने समस्याभएकोलेबच्चालाई कठिन हुनसक्छ एनआईसीयु सुविधा भएको अस्पतालमा लैजानु होस।

परिवारका सदस्यले चिकित्सकको सल्लाहअनुसार नै उनलाई नवजातशिशुको समेत राम्रो हेरचाहहुने नजिकैको नोबेल अस्पताल पुर्‍याए।साह एम्बुलेन्सबाट ओर्लिएर ठमठमी हिँड्दै प्रसूति विभागसम्म पुगिन्। ‘लेबर पेनबाहेक मेरी श्रीमतीलाई खासै समस्याथिएन’, श्रीमान पवन साहले भने, ‘तर, उपचारमालापरवाहीहुँदासरसाउँदो जन्मिएको मेरो छोरा त गुमाए नै अहिले श्रीमतीपनिजीवन मरणको दोसाँधमा छिन्। डेढ महिनाबित्नलाग्यो अस्पतालकै बसाई छ।श्रीमती मर्नेबाँच्ने टुंगो छैन।’

गत साउन १८ गते नियमित चेकजाँच गरेपछि साहले श्रीमतीलाई सुत्केरी गराउनविराटनगरको नोबेल मेडिकल कलेज पुर्‍याएका थिए ।चिकित्सकले शल्यक्रिया गरेर गरेर छोरो निकाले। कम तौलको शिशु जन्मिएको र स्वास्थ्यमा समस्याभएको भन्दै एनआइसीयुमा भर्ना गरिदिए। तर, त्यस लगत्तै सुत्केरी आमाझनझनबिरामी परिन।

‘अप्रेसनको घाउ ठिक भएकै थिएन नर्सले ‘नर्मल डेलिभरी’ गराउने र पेटको बच्चाको फोक्सो फुकाउने भन्दै पुठ्ठा मुन्तिर चाकमा लगाएको सुईले इन्फेक्सन भएर शरीरको एक भाग चल्नै छाड्यो’, श्रीमान साहले दुखेसो गर्दै भने, ‘एनआइसियुमा राखेको छोरो १९ दिनपछि आमाकै काखमा बित्यो। स्तनापन गराउनु भन्दै नर्सले काखमा राखिदिएका थिए तर बच्चाको होस थिएन।बारम्बार अप्रेसन गर्दा लगाइएको औषधिले दूध सुकिसकेको थियो ल्याक्टोजिनको घरमा छोरोले जीवन अघि बढाउनै सकेन।’

पीडाको छटपटाहट सहनै नसक्ने भएको बताउँदै सञ्जुले भनिन्, ‘छोरा त गुमाए नै।अब आफू पनि बाँच्छु भन्ने आशा मर्दै गाएको छ।’पवन साहका अनुसार नवजात शिशुले आमाको स्तनपान त गर्न पाएनन् नै अहिले आमा पनि सुईकै कारण हड्डीमा फैलिएको इन्फेक्सनका कारण हलनचल भएर अस्पतालको बेडमा जीवन मरणको दोसाँधमा पुगेकी छिन्।

इन्फेक्सनले घाउ र पीप बढ्दै गएपछि अस्पतालले अतिजोखिमपूर्ण मञ्जुरीनामामा ‘अप्रेसनपछि पनि घाउ पाक्ने, दोहोरिने आइसियुमा भर्ना गर्नुपर्ने अथवा मृत्यु भए क्षतिपूर्ति दिननसक्ने र त्यसको जिम्मेवार स्वयम् हुनुपर्ने’ सर्त गराएर सही छाप गराए। दुई महिनापछि पनि श्रीमतीको ज्वरो नियन्त्रणमा आउननसकेको र पानीपट्टीको साटो स्पिरिट दलेर घटाउन प्रयास भई रहेकोसाहले जानकारी दिएका छन्।

अहिले सञ्जुको शरीरको कम्मरमुनि शरीरको दायाँतिरको भाग चल्दैन। डाक्टरले दयाँ खुट्टामा काम्रो लगाईदिएका छन्। घाउ ठिक भएको छैन। बेडमातीनजनाले ओल्टाई पल्ट्याई गर्नुपर्छ। ज्वरो घट्ने छाँटकाँट नै छैन। उपचारमा भएको खर्चको हिसाब निकै माथि पुगिसक्यो। पीडाको छट्पटाहटले बिरामी र मानिसिकथकानले परिवारलाई झन बज्रपात भएको छ।