नेपालका बालबालिकालाई बेलायतका पूर्वप्रधानमन्त्रीले सहयोग गर्ने

संयुक्त राष्ट्रसंघीय उच्च अधिकारीले हालैको भीषण बाढीका कारण नेपालमा ८० हजार बालबालिका शिक्षाबाट बञ्चित भएको भन्दै उनीहरुको पुनस्थापनाका लागि सहयोग गर्ने बताएका छन् ।

विश्वव्यापी शिक्षाका लागि राष्ट्रसंघीय विशेष दूत एवं बेलायतका पूर्वप्रधानमन्त्री गोर्डन ब्राउनले दुई बर्षअघिको भूकम्प र हालैको बाढीले नेपालका हजारौं बालबालिका विद्यालय छाड्न बाध्य भएको बताए ।

राष्ट्रसंघले ठूलो संख्यामा नेपाली बालबालिका भारतमा बेचिने गरेको भन्दै चिन्ता व्यक्त गरेको खबर आजको कान्तिपुरमा छ ।