ओपीडी बन्द हुँदा लाखाैँ बिरामी स्वास्थ्य सेवाबाट प्रभावित
प्रकासित मिति : २०७४ आश्विन ७, शनिबार ०१:०६
प्रकासित समय : ०१:०६
उपचारमा लापरबाही भए चिकित्सकले क्षतिपूर्ति तिर्नुपर्ने कानून बनाउने मन्त्रिपरिषद्को निर्णयविरुद्ध चिकित्सकहरु आन्दोलनमा उत्रिएका छन् । नेपाल चिकित्सक संघको नेतृत्वमा शुक्रबार देशभरका ३ हजार ८ सय २३ अस्पतालको ओपीडी सेवा बन्द गरिएको आजको नयाँ पत्रिका दैनिकले लेखेको छ ।
ओपीडी सेवा बन्द हुँदा करिब चार लाख बिरामी सेवाबाट बञ्चित भएका छन् । सरकारको निर्णय फिर्ता नभएसम्म आन्दोलन जारी रहने चिकित्सक संघका महासचिव डा. लोचन कार्कीले बताए ।
स्वास्थ्य मन्त्रालयलाई जानकारी नदिई गरिएको मन्त्रिपरिषदको निर्णय फिर्ता लिन दिइएको ७२ घन्टे अल्टिमेटममा पनि सरकार मौन बसेपछि देशभरका अस्पतालको सेवा रोक्नुपरेको महासचिव डा. कार्कीले बताए ।