नेकपाकाे भ्रष्ट, तस्कर, माफिया र कमिसनखोरलाई ब्यापक कोलोमोसो

भ्रष्ट’ ठेकेदार शर्मा कालोमोसोसंगै यसरी भागे

निर्माण गर्ने जिम्मा लिएर सडक नबनाई नागरिकलाई सास्ती दिएको भन्दै ठेकेदार पदम शर्मालाई नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का कार्यकर्ताले कालोमोसो लगाएर कारवाही गरेको छ । घोराही कटुवाखोलोदेखि तुलसीपुर चोकसम्म बाटो फराकिलो पार्ने जिम्मा लिएर निर्माण पूरा नगर्ने कान्सुराम निर्माण सेवा कम्पनिका स्थानीय ठेकेदार पदम शर्मालाई घोराही जनपरिषदले बिहीबार कोलोमोसो दलेर चेतावनी कारवाही गरेको जनाएको छ ।

निर्माण कार्य पूरा नहुँदा घोराही बासिन्दाको लामो समय धुलाम्मे भएर सास्ती भोग्नुपरेको व्यापक गुनासो आएपछि सचेतस्वरुप ठेकेदार शर्मालाई कालोमोसो दलेको नेकपाका घोराही उपमहानगरपालिका जनपरिषद्ले घटनास्थलमा भेटिएको आरोप पर्चामा उल्लेख गरेको छ ।

शर्मालाई कालोमोसो सडकमै भेट्टाएर लगाएको र मोसो उनको अनुहार र शरीरभरि लागेको बताइएको छ । मोसो छल्न शर्मा भाग्दै गरेको अवस्थाको तस्बीर समेत प्राप्त भएको छ । उनी एकातिरबाट आएको मोसो छल्न हातमा माेवाइल च्याप्दै भाग्दै गर्दा अर्कोतिरको मोसोमा परेका थिए । यसअघि उनी स्थानीयलाई दुःख दिँदै गुनासोलाई बेवास्ता गरेर त्यही सडकमा आवतजावत गर्दै आइरहेका स्थानीयले बताए ।

धुलम्मे सडकका कारण सर्वसाधारण स्वास्थ्यमा समेत समस्या देखिँन थालेको र बजार प्रदुर्षित बनेको गुनासो स्थानीयको छ । स्थानीयले निर्माण सक्न जतिपटक अनुरोध गरेपनि शर्माले बेवास्ता गर्दै आइरहेका थिए । निर्माण कार्य तत्काल सम्पन्न नगरे थप कडा कारवाही गर्ने परिषद्ले जनाएको छ । नेकपाले जनपरिषद्लाई जनसत्ताको रुपमा सारिएको छ ।

सडक निर्माण ढिलाई हुनुमा सडक डिभिजन र घोराही नगरपालिकाको समेत हात रहेको नेकपाको दाबी छ । उसले यथाशिघ्र सडक बनाउन सम्बन्धित कार्यालयलाई समेत चेतावनी दिइएको छ । नेकपाले पछिल्लो समयमा भ्रष्ट, तस्कर, माफिया र कमिसनखोरलाई कोलोमोसो लगाएर कारवाही गर्ने अभियानलाई तीव्रता दिँदै आएको छ ।