चिनीयाँ जहाजका ६० प्रतिशत सिट खाली

नेपाल वायुसेवा निगमले उडान गरिरहेको नेपाल वायुसेवा निगमले उडान गरिरहेको चिनीयाँ जहाजले क्षमताको ४० प्रतिशत मात्रै यात्रुलाई सेवा दिएको पाइएको छ ।

निगमले उडान भर्दै आएका एमए ६० र वाई १२ ई दुवैले क्षमताको ६० प्रतिशतभन्दा बढि सिट खाली उडाउनुपरेको हो ।

गत आर्थिक बर्षको तथ्यांकअनुसार एमए ६० ले १ हजार २ सय ८१ यात्रुलाइृ मात्रै सेवा दिएको छ । यो कुल सिट क्षमताको ६५ प्रतिशत खाली हो ।

यस्तै वाई १२ ई मा यसभन्दा केही बढी नै अकुपेन्सी देखिएको छ । यो जहाज ५४ प्रतिशत खाली उडेको तथ्यांक छ ।