ख्याल गर्नुस यी ५ गल्तीले नोक्सानी पुर्याउँछ दिमागलाई

जसरी हामी शरीरको हेरविचार गर्छौँ, त्यसरी नै दिमागको पनि हेरविचार गर्नुपर्छ । शरीरलाई कार्यरत राख्ने दिमागमा नोक्सानी पुग्यो भने त्यसले कस्तो असर गर्ला ? चोट र गलत औषधिले मात्र दिमागलाई असर गर्दैन, हामीले दैनिक गर्ने केही गल्तीले पनि दिमागको शक्ति ह्रास हुने गर्छ । त्यसले यस्ता गल्तीबारे सचेत बनौँ ।

ल पुरा निद्रा नसुत्नु

सुतेको समयमा पनि दिमागले आफ्नो काम निरन्तर गरिरहेको हुन्छ । दिनभरि तपाईंले पढेका, जानेका, देखेका, सुनेका अनि बुझेका कुरालाई निद्राको समयमा दिमागले दीर्घ स्मरणका लागि सुरक्षित गर्ने गर्दछ । पूरा निद्रा नसुत्दा दिमागले छिटो बिर्सने गर्दछ ।

बिहानको खाजा नखानु

बिहान खाना खानुअघि खाइने खाजाले ठूलो भूमिका खेल्दैन भन्ने लाग्छ भने तपार्इं भ्रममा हुनुहुन्छ । बिहानको

जामा गुलिया कुरा

(चिया, कफी र हल्का नास्ता) खानाले शरीर र दिमागमा ग्लुकोजको मात्रा सन्तुलित हुन जान्छ । ग्लुकोजकै कारण काम गर्ने स्फूर्ति पनि शरीरमा आउँछ । त्यसैले थोरै भए पनि बिहानको खाजा छुटाउनुहुँदैन ।

ओभरडाइटिङ

जब तपाईं आफूलाई चाहिनेभन्दा बढी खानुहुन्छ तब दिमागले पेट भरिइसकेको निर्देशन दिन्छ र थप खान सकिँदैन । त्यसरी नै जंकफुड खाने गर्दा दिमागले पेट भरिएको सन्देश त दिन्छ, तर शरीर र दिमागलाई चाहिने पर्याप्त पोषण ती खानेकुराबाट पाइँदैन । जसबाट मानसिक र शारीरिक समस्या
उत्पन्न हुन्छ ।

कम पानी पिउनु

कम पानी पिउनाले शरीरमा डिहाइड्रेसन हुन्छ, साथै दिमागको कार्यक्षमतामा पनि ह्रास आउँछ । शरीरमा पानीको मात्रा कम हुँदा दिमागको ‘रेस्पोन्स’ पनि कम हुन जान्छ । आलस्य लाग्छ । काम गर्ने जाँगर हराउँछ ।

धूम्रपान

धूम्रपान गर्ने मानिसको शरीरमा विभिन्न हानिकारक रसायन प्रवेश गर्छ । यी रसायनले रगतलाई गाढा बनाइदिन्छ । जसको कारण दिमागमा रगतको सप्लाई कम हुन जान्छ । रगतबाटै पानी र पौष्टिक तत्व शरीर र दिमागमा सञ्चार हुने हुँदा धूम्रपान गर्नाले दिमाग र शरीरलाई भयानक नकारात्मक असर पर्न जान्छ ।