राजधानीमै भेटियो स्क्रब टाइफसको जिवाणु : २४ पुस्तासम्म संक्रमण
प्रकासित मिति : २०७४ आश्विन ६, शुक्रबार ००:४१
प्रकासित समय : ००:४१
राजधानीमै स्क्रब टाइफस रोगको संक्रमण देखिएको छ । काठमाडौं उपत्यकाभित्र बस्दै आएका १० जना बिरामी भदौ महिनामा मात्रै उपचारको क्रममा स्क्रब टाइफस रोगको संक्रमण फेला परेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुले जनाएको छ ।
उपत्यकाबाहिर नगएका राजधानीमै बसिरहेका १० जनालाई यो रोग देखा परेको अस्पतालका सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले जानकारी दिए ।
ती बिरामीमा ज्वरो आउने, पसिना आउने लक्षण देखिएको अस्पतालले जनाएको छ । मुख्यत मुसाजस्ता स्तनधारी प्राणीले टोकेपछि यो रोगले आक्रमण गर्ने गर्छ ।
मुसामा लाग्ने माइट नामको सूक्ष्म किराले टोकेमा यो रोग सर्ने गर्छ । एउटा माइटमा रोग संक्रमण भएपछि फुलमा सर्ने र यसको संक्रमण २४ पुस्तासम्म जाने अध्ययनले देखाएको छ ।