दुर्गमकाे पिडा – जहाज कुर्दाकुर्दै सुत्केरीको मृत्यु

उत्तरी भेगमा रहेको कोल्टीमा प्रसूति गराउन ल्याइएकी हिमाली गाउँपालिका–६ की १६ वर्षीया सिद्धा विकको उपचार हुन नसकी ज्यान गएको छ । प्रसूति व्यथा लागेको पाँच दिनपछि स्वास्थ्य संस्थामा पु¥याएइकी सिद्धा विवाहिता भने हैनन् । उहाँकै गाउँकै श्रीचन्द्र रोकाया आफूबाट गर्भ रहेको थाहा पाएपछि भारत गएको मृतकका भाइ प्रशामले बताउनुुभयो ।

विकले भन्नुभयो, “यहाँ शल्यक्रिया हुँदैन चिकित्सकले भनेपछि छाँगाबाट खसेजस्तै भयौँ । जहाज आउला भनेर रातभर देउता सम्झियौँ तर जहाज नआएपछि दिदीको ज्यान गयो ।” कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख डा विजयकुमार शाहका अनुसार मृतकको पाठेघरको मुखमा ट्युमर भएको थियो । यहाँ आकस्मिक प्रसूति सेवा थिएन । शल्यक्रिया गर्न सकिँदैन थियो । केन्द्रसँग भएको भिडियो एक्सरे पनि पूर्ण रुपमा बिग्रिएको थियो ।

जिल्लामा आकस्मिक प्रसूति केन्द्र सदरमुकाम मार्तडीमा मात्र छ । सदरमुकाम मार्तडीबाट कोल्टी दुई दिनको पैदल दूरीमा पर्छ । कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा आकस्मिक प्रसूति सेवाका लागि पटक पटक माग गर्दासमेत स्थापना हुन सकेको छैन । डा शाहले आफुहरुले आकस्मिक प्रसूति गराउने तालिमसमेत नपाएका कारण कठिन भएको बताउनुभयो ।