आईजीपी परिवर्तनको खेलमा सरकार देउवाको यस्तो दबाब

सरकारले प्रहरी महानिरीक्षक प्रकाश अर्याललाई हटाउने तयारी गरेको खबर आजको नेपाल समाचारपत्रमा छ । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रहरी महानिरीक्षक अर्याललाई राजीनामा दिन दबाब दिएको प्रहरी उच्च स्रोतले जानकारी दिएको छ ।

देउवाले सुदूरपश्चिमका प्रहरी अतिरिक्त महानिरीक्षक जयबहादुर चन्दलाई प्रहरी महानिरीक्षक बनाउने नाममा हालका प्रहरी महानिरीक्षक अर्याललाई हटाउने तयारी गरेको बताइएको छ ।