८८ केजी सुन तस्करी प्रकरणमा ५ व्यवसायी पक्राउ

यार्चा लाँदै, सुन ल्याउँदै

८८ केजी सुन तस्करीमा संलग्न भएको आशंकामा पाँच जना सुन ब्यवसायी पक्राउ गरेका छन् । काठमाडौंको रन्जता ट्रेड सेन्टरस्थित कार्यविनायक सुनचाँदी पसलका गणेदत्त बडु, नरदेवीसिथ्त राविश्याम टे«डर्सका सत्यनारायण अग्रवाल, बांगेमुढाको शाक्य सुनचाँदी पसलका शुभरत्न शाक्य, ओटुको सिद्धनाथ सुनचाँदी खानीका उल्लास दिनकर सालुखे र ओटुकै पशुपति सुनचाँदी खार्नी पलका नन्दकुमार मर्गलेलाई सामेबार पक्राउ गरिएको हो ।

रविश्याम टे«डर्सका अग्रवाल यसअघि पनि अवैध सुन खरिद आरोपमा पक्राउ परेका थिए । २०७२ पुस २३ मा काठमाडौंबाट साढे ९ केजी अवैध सुनसहित पक्राउ परेका चार जनामा अग्रवाल पनि एक थिए । उनी त्यतिवेला ११ लाख रुपैयाँ बाकेर अवैध सुन किन्न पुगेका थिए ।, यो खबर आजको कान्तिपुरमा छ ।