राजश्व विभागको अनुगमन : ५०९ करदाता कारबाहीमा

सरकारले कर कानुन पालना नगर्ने ५ सय ९ करदातालाई बारबाही गरेको खबर आजको कारोबारमा छ । आन्तरिक राजश्व विभागले ६ दिनमा गरेको अनुगमनमा भेटिएका ५ सय ९ करदातालाई कारबाही गरेको हो ।

६ दिनमा विभागको ३ सय ६६ टोलीद्धारा ३ सय १ सय ८६ करदाताको अनुगमन गरिएको थियो । विभागका महानिर्देशक किशोरजंग कार्कीले भने,

यो नियमित अनुगमन हो । चाडबाडका बेला खरिदबिक्रीमा अलि बढी अनियमितता हुने भएकोले अनुगमनलाई तिब्रता दिएका हौं ।