दरबारमर्गमा १०० प्रतिशत नाफा राखेर सामान बिक्री
प्रकासित मिति : २०७४ आश्विन ४, बुधबार ०३:०९
प्रकासित समय : ०३:०९
दरबारमार्गका लत्ताकपडा व्यवसायीले एक सय प्रतिशतभन्दा बढी नाफा राखी बिक्री गर्दै आएको खुलासा भएको छ । आजको कान्तिपुरमा खबर छ । आपूर्ति व्यवस्थापन तथा उपभोक्त हित संरक्षण विभागले गरेको अनुगमन र व्यवसायीसँगको बयानको आधारमा सय प्रतिशतभन्दा बढी नाफा राख्ने गरेको खुलेको हो ।
विभागका शाखा अधिकृत तथा दरबारमार्गको विषयका अनुसन्धान अधिकृत रमेशकाजी श्रेष्ठका अनुसार,
-व्यवसायीले दिएको बयानको आधारमा प्रतिवेदन तयार पारेका छौं ।
-अनुसन्धानका क्रममा व्यवसायीले सय प्रतिशतभन्दा बढी मुनाफा लिएर बिक्री गरेको पाइएको छ ।
-व्यवसायीले भने कर्मचारी खर्च, भाडासहित गरेर ५ देखि २० प्रतिशत मात्रै नाफा राखेको दावी गरेका छन् ।
-कानुनी रुपमा २० प्रतिशतभन्दा बढी नाफा लिन नपाउने व्यवस्था भएकाले उनीहरुले सोही दाबी गरेका हुन् ।