चाडबाड नजिकिएसँगै नयाँ बसपार्क क्षेत्रमा चौबिसै घन्टा कडा सुरक्षा ब्यवस्था

चाडबाड नजिकिएसँगै नयाँ बसपार्क क्षेत्रमा चौबिसै घन्टा सुरक्षा व्यवस्था मिलाइएको छ।  चाडबाडका समयमा लुटपाट, ठगी, दुव्र्यवहार लगायत घटना बढ्ने भएपछि बसपार्क क्षेत्रको सुरक्षालाई कडाइ गरिएको महानगरीय प्रहरी प्रभाग गङ्गबु नयाँ बसपार्कका प्रहरी निरीक्षक हरिहर सुनुवारले बताए । 

प्रहरी निरीक्षक हरिहर सुनुवार

 सुनुवारका अनुसार  यात्रु नठगिऊन् भन्ने उद्देश्यका साथ बसपार्कमा २४ घन्टा सुरक्षा व्यवस्था मिलाइएको जानकारी दिए । उनले भने, ‘सुरक्षालाई कडा बनाउनका लागि महानगरीय प्रहरी परिसर र सामुदायिक प्रहरी सेवा केन्द्रबाट थप प्रहरी झिकाएका छौँ । र अहाेरात्र खटिरहेका छाैँ ।

सुनुवारले यातायात व्यवस्था विभागले लागू गरेको भाडा दरका आधारमा टिकटको व्यवस्था गरिएको बताउँदै त्यसभन्दा धेरै भाडा लिए प्रहरी प्रभागमा खबर गर्न आग्रह गरे। यात्रुको सहजताका लागि बसपार्कभित्र नागरिक सहायता कक्षको व्यवस्था गरिएको तथा माइकिङबाट विभिन्न सचेतनामूलक सामग्री प्रचारप्रसार गरिएको जानकारी दिए । यस्तै रात्रि र दिवामा यात्रुको सुरक्षाका लागि  घुम्ती प्रहरी नियमित खटाइएको बताए । 

चाेरी र लुटपातका घटनामा कमि अाउदै

चाडबाडमा हुने अत्याधिक चाेरी र लुटपातका घटनामा कमि अाएकाे सुनुवारले बताएका छन । उनले प्रहरीले कडा निगरानी र सुरक्षा ब्यवस्थामा कढार्इ गरेका कारण कमि अाएकाे बताए । उनले भने हामिले केहि त्यस्ता अपराधिक गतिबिधीमा लागेकलार्इ कठघरामा उभ्याएका छाैँ । केहि पिडितहरूकाे सामान फिर्ता समेत गरेका छाैँ । अाम जनतालार्इ सुरक्षाकाे प्रत्याभुति दिने हाम्राे अभियान जारी छ ।