सातै प्रदेशलाई उत्तरसँग जोड्ने तयारी
प्रकासित मिति : २०७४ आश्विन ३, मंगलवार ०१:१७
प्रकासित समय : ०१:१७
छिमेकी मुलुक चीनसँग सीमा जोडिएका विभिन्न नाका खुलाउन दुवै मुलुकका उच्च अधिकारी संलग्न बैठक भोलि बुधबार राजधानीमा शुरु हुँदैछ ।बैठकमा सहभागी हुन सह सचिवस्तरका चिनीयाँ अधिकारी सोमबार साँझ काठमाडौं आइपुगेका छन् ।
भूकम्पले क्षति पुर्याएको तातोपानीसहित उत्तरतर्फका नाका खुलाउने विभिन्न विकल्पका बारेमा बैठकमा विस्तृत छलफल हुने भौतिक पूर्वाधार तथा यातायातमन्त्री वीरबहादुर बलायरले जानकारी दिए । उनका अनुसार नेपालको पूर्व पश्चिम सबै क्षेत्रलाई समेट्ने गरी उत्तरतर्फका विभिन्न ९ नाका खुलाउन प्रस्ताव गरेको छ ।