जनयद्धकाे उदगम थलाे थबाङमा १८ मिनेट टिक्न सकेनन् प्रचण्ड

यसरी भए बहिस्कृत

माअाेबादी केन्द्रका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री प्रचण्ड जनयुद्धकाे उदगम थलाे राेल्पाकाे थाबाङमा १८ मिनेट टिक्न सकेका छैनन । कुनैबेला युद्धकाे महत्वपुर्ण सुरक्षित स्थान रहेकेा थबाङमा यतिबेला सुरक्षाकाे बिषयलार्इ लिएर प्रचण्ड १८ मिनेट नटिकेका हुन ।बदलिएकाे परिबेशमा प्रचण्ड  थबाङमा नटिक्नुलार्इ महत्वका साथ हेरिएकाे छ । 

पूर्व प्रधानमन्त्रि समेत रहेका पुष्पकमल दाहाल प्रचण्ड गाउँपरिषद्को उद्घाटन गर्न थबाङ पुगेका थिए तर केवल १८ मिनेट मात्र बसेर त्यहाँबाट फर्केका छन् । प्रचण्डको साथमा कृष्णबहादुर महरा,बर्षमान पुन र जोख बहादुर महरा लगाएतका नेताहरु त्यहाँ पुगेका थिए ।

प्रचण्डको सभामा कुरेलीबाट २० जना र उवाबाट १५ जना रोल्पाली सहभागी रहेको स्थानीय नेताले बताए । बाँकी थवाङबासीहरुले सभालार्इ बहिष्कार गरेकाे उनले जानकारी दिए ।

प्रचण्डले निरास मुद्रामा ‘सहिद मार्ग र थबाङमा ढुङ्गा आफैंले छापेको, अपहरण गर्ने र अपहरित हुने पनि हाम्रै हुन् र आफ्नैलाई अपहरण गर्नु राम्रो भएन’ भनेर तीनथरी कुरा गरेर फर्केका छन् ।

थबाङका बासिन्दा कोही पनि सहभागी नभएको र नाम मात्रको सभामा सुरक्षाकर्मी मात्रै देखिएको स्थानीय स्थानिय नेताले भने। गाउँपालिका भवनको प्राङ्गणमा भएको इतिहासकै दयनीय सभापछि प्रचण्ड रुकुमतर्फ लागेका थिए । गाउँपालिका प्रमुख बिनाको सभा उद्घाटन केवल औपचारिक निभाउन सभा भएको त्यहाँबाट जानकारहरु बताउछन ।