नेकपाले फेरि सुरु गर्यो एलसेलमाथि कारवाही
प्रकासित मिति : २०७४ आश्विन १, आईतवार ०१:४४
प्रकासित समय : ०१:४४
अर्बौं रुपैयाँ राजस्व नतिरेका कारण विवादित बनेको एनसेलमाथि नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले कारवाही सुरु गरेको छ ।शुक्रबार राति करिब रौतहट, चन्द्रपुर नगरपालिका वडा नं. २, पलटोलमा रहेको एनसेलको टावरमाथि नेकपाका कार्यकर्ताहरुले आगजनी गरेका छन् ।
आगजनीका कारण ५ करोडभन्दा बढी क्षति भएको शुरुवाती अनुमान छ । यसअघि पनि नेकपाले २८ वटा टावरमाथि अाक्रमण गरेर क्षति पुर्याएकाे थियो । त्यसपछि करिब २४ अर्ब रुपैयाँ तिरेको थियो । एनसेलले राज्यलाई ३० अर्ब रुपैयाँ तिर्न बाँकी रहेको जनाइएको छ । तिर्न अटेर गरे थप कारवाही गर्ने बताइएको छ ।