यसरी हुन्छ नेपालबाट वन्यजन्तुको अन्तर्राष्ट्रिय तस्करी

वनजन्य वस्तु तथा वन्यजन्तुका अंगको अन्तर्राष्ट्रिय तस्करीमा नेपाली भूमिको प्रयोग बढिरहेको पाइएको छ । यस्तो तस्करी विशेषगरी चाडपर्वका अवसरमा बढी हुने एक अध्ययनको निष्कर्ष छ ।

‘विशेषगरेर चाडपर्वको अवसर पारेर नेपालको भूमि प्रयोग गरेर सबैभन्दा बढी वनजन्य वस्तु तथा वन्यजन्तुको अंगको ओसारपसार भएको पाइएको छ’, वन्यजन्तुको कारोबारका विषयमा अनुसन्धान गरिरहेका त्रिभुवन विश्वविद्यालयका प्रा.डा. सञ्जय आचार्यले भने, ‘नेपालमा वन्यजन्तु तथा वनजन्य वस्तुको तस्करी हुने समयमा सुरक्षा संयन्त्र कमजोर हुने तस्करहरुको बुझाइ रहेको पाइएको छ ।’

उनका अनुसार, वन्यजन्तु तस्करले वन्यजन्तु मार्ने समय पनि कर्मचारीलाई बिदामा भएको समय अर्थात् विशेषगरी कमजोर अनुगमन हुने गरेको स्थान र समयलाई नै रोज्ने गरेका छन् । आजको राजधानी दैनिकमा खबर छ ।