वाेनम्याराे पिडित रविनाले पाउने भर्इन उपचार,सहयाेगमा यसरी जुटे सामाजसेवीहरू

वोनम्यारो (एप्लाटिक एनिमिया) को समस्यावाट पीडित जाजरकोटकी रबिना सिंह बोहरालाई सामाजसेवी तथा जाजरकाेट काठमाडाै सम्पर्क मन्चका अध्यक्ष सुदाम गाैतमले उपचारको लागि पहल गरेका छन ।

शिक्षण अस्पताल महाराजगंजमा उपचार गरिरहेकी बाेनम्याराे राेगबाट पिडित रविना सिंह बाेहाेरालार्इ अस्पतालमै पुगेर सहयाेग प्रदान गरिएकाे हाे । जाजरकाेट काठमाडाै सम्पर्क मन्चका अध्यक्ष तथा सामाज सेवि सुदामा गाैतमद्वारा पिडित सिंहलार्इ सहयाेग गरिएकाे हाे । उनकाे उपचारकाे लागि सम्पुर्ण पहल गरिदिने भन्दै अध्यक्ष गाैतमले जिम्मा लगेका छन । 

पुर्ब गृहमन्त्री शक्ति बस्नेतको आग्रहमा सामान्य प्रशासन मन्त्रीका निजि सचिब ,जाजरकोट काठमाडौं मन्चका अध्यक्ष तथा समाज सेवि सुदाम गौतम निरन्तर सामाज सेवामा समर्पित रहदै अाएका ब्यक्ती हुन ।

 पुर्ब गृहमन्त्री शक्ति बस्नेतका स्वकिय सचिब मुक्ती बस्नेत र गृह मन्त्रालयको निजि सचिबालयमा रहेका झलक केसिले  रबिना सिह (बोन ब्यारोको बिरामी)लाई भेटी आर्थिक सहायताका साथै जिल्ला स्वाथ्य समिती जाजरकोटको सिफारिस लगायत आबस्यक कागज प्रमाणहरु जुटाउन सहगाेग गरेका थिए ।

 उनलार्इ  उपचारकाे लागि गृहमन्त्रालय हुँदै क्याबिनेटमा पेश गरि राहतको प्रबन्ध गराउने स्वास्थ मन्त्रालयबाट पनि निशुल्क उपचारको ब्यबस्था गर्न विशेष पहल गरिएकाे छ ।

साँसद शाहकाे पनि सहयाेग

उनलार्इ जाजरकाेट क्षेत्र नं दुर्इका साँसद राजीब शाहले पनि सहयाेग गरेका छन । रबिनालाई अस्पतालमै पुगेर सांसद शाहले नगद २५ हजार रुपैया दिएका हुन । अस्पतालको शैयावाट जीवन रक्षाको लागि सहयोगको याचना गरेको थाहाँ पाउन वित्तिकै अस्पतालमै पुगेर रबिनालाई सहयोग गरेको सांसद शाहले बताए ।