यो दर्द यो बेचैनी धामीले छुट्याउन सकेन

गजल

न त डक्टरले न औषधीले छुट्याउन सकेन
यो दर्द यो बेचैनी धामीले छुट्याउन सकेन ।

के चै थियो त्यस्तो गमला र फूलको बीचमा
आखिरतक बिचरा मालीले छुट्याउन सकेन ।

पिजडाको आदत यति दर्दनाक भयो कि
आजाद भएर पनि चरीले छुट्याउन सकेन ।

उसलाई माला बन्ने रहर घरीघरी पलाउछ
सायद फूलको महत्व पातीले छुट्याउन सकेन ।

प्रेमिका पनि थिइन् बोतल पनि थियो अगाडी
यति बेहोस थियो कि सराबीले छुट्याउन सकेन ।

दिपायल