अखिल क्रान्तिकारी बाँकेकाे अध्यक्षमा मदन चन्द निर्वाचित

अखिल क्रान्तिकारी बाँकेकाे २३ औं जिल्ला सम्मेलनबाट मदन चन्दको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ । 
नेपाल कम्युनिस्ट पार्टी निकट अखिल क्रान्तिकारीको ‘विसर्जनवाद, आत्मसमर्पणवाद र अराजकतावादविरुद्ध एकीकृत विद्यार्थी आन्दोलन राष्ट्रियताको पक्षमा शैक्षिक भ्रष्टीकरण, दलालीकरण र माफियाकरणविरुद्ध २३ औं जिल्ला सम्मेलन’ भन्ने नाराका साथ मंगलबार सम्पन्न सम्मेलनले चन्दकाे  अध्यक्षमा ३५ सदस्यीय नयाँ नेतृत्व चयन गरेको हो ।

जसमा २३ औं सम्मेलनबाट उपाध्यक्ष -प्रकाश ओलि सचिव – रमेश देबकोटा सह सचिब – दिनेश बाबू सिंह  कोषाध्यक्ष – कृष्ण न्यौपाने निर्वाचित भएकाे अखिल क्रान्तिकारीका भेरी ब्युराे संयाेजक केबी मल्ले जानकारी दिए ।

हजारौं विद्यार्थीहरुको सहभागीतमा नेपालगन्जमा भएको उद्घाटन समारोहलाई सम्बोधन गर्दै अखिल क्रान्तिकारीका अध्यक्ष पूर्णबहादुर सिंहले शासकहरुले विभिन्न सम्झौता गरेर देशलाई बेच्न लागेको बताउँदै युवा विद्यार्थीहरु राष्ट्रका लागि बलिदान दिन तयार हुनुपर्ने बताए । अध्यक्ष सिंहले अबकाे अान्दाेलनकाे नेतृत्व युवा बिद्यार्थिले गर्नु पर्ने धारणा राखे । कार्यक्रममा अखिल क्रान्तिकारीका महासचिब दिपेन्द्र चलाउने भेरी ब्युराे संयाेजक केबी मल्ल राप्ती संयाेजक नरेन्द्र बिक लगायतकाे उपस्थीतीरहेकाे थियाे ।