यसकारण बैंकमा थुप्रियो पैसा

बैंक तथा वित्तीय संस्थामा अधिक तरलता (लगानीयोग्य पुँजी) थुप्रिएको छ । हाल बैंकहरुसँग ७१ अर्ब रुपैयाँभन्दा बढी तरलता पुगेको खबर आजको अन्नपूर्ण पोस्टमा छ ।

तरलता अभाव शुरु भएको करिब एक बर्षपछि बैंकहरुमा लगानीयोग्य रकम बठेको राष्ट्र बैंक अनुसन्धान विभाग प्रमुख नरबहादुर थापाले जानकारी दिए ।

उनले भने,

-हाल कर्जा र निक्षेप सन्तुलन उन्मुख भएको छ । -निक्षेप वृद्धिदर १४ प्रतितभन्दा माथि उक्लिएको छ ।

-कर्जा प्रवाह १८/१९ प्रतिशतमा खुम्चिएको छ ।

-पुँजी वृद्धि योजना पनि अधिक तरलताको अर्को प्रमुख कारण हो ।

-पुँजी वृद्धि योजनाअनुसार ६५ अर्ब पुँजी बैंकहरुमा थपिएको छ ।