गोर्खाल्यान्ड आन्दोलनको वार्ता आज : बेनर्जी आइन् सिलिगुडि
प्रकासित मिति : २०७४ भाद्र २७, मंगलवार ०१:०३
प्रकासित समय : ०१:०३
गोर्खाल्यान्ड माग गर्दै आन्दोलनरत दल र पश्चिम बंगाल सरकारबीच मंगलबार (आज) वार्ता हुँदैछ । मुख्यमन्त्री ममता बेनर्जीको आह्वानमा सिलिगुडिको उत्तरकन्यामा वार्ता हुन लागेको हो ।
वार्तामा सहभागी हुन मुख्यमन्त्री बेनर्जी सोमबारै सिलिगुडि आइपुकेकी छन् । दुई साता अघि कोलकातामा भएको छलफलपछि आन्दोलनकारी दल गोर्खा जनमुक्ति मोर्चाबीच अन्तरकलह सुरु भएको थियो ।