उपराष्ट्रपतिको लागि घर खोज्दै सरकार

सरकारले उपराष्ट्रपति निवासका लागि तीन स्थानको जग्गा खोजी गरिरहेको छ ।

प्रधानमन्त्री कार्यालयमा हिजो भएको बैठकमा ललितपुरको झम्सीखेलस्थित डेनिडाको कार्यालय रहेको भवन, नारायाण्हिटीस्थित राहदानी विभागसँगै रहेको फरासखानाको जग्गा र भक्तपुर सल्लाघारीको जग्गालाई छनोट गरेको छ ।

तीमध्ये उपयुक्त जग्गा छनोट गरी निर्माण प्रक्रिया अघि बढाउने निर्णय भएको थियो ।