पञ्चेश्वर विरुद्ध भारतीय : जलाए सरकारको पुत्ला

बहुप्रतिक्षित पञ्चेश्वर बहुउद्देश्यीय परियोजना तत्काल रोक्न माग गर्दै भारतीय सीमावर्ती क्षेत्रमा दिनहुँ आन्दोलन भइरहेको छ ।

भारत सरकाले हिमालय बचाऔं अभियान सञ्चालन गरिरहेका बेला सीमावर्ती भारतीय शहर झुलाघाटका बासिन्दाले पञ्चेश्वर बाँध रोक्न दबाब दिँदै प्रदेश र केन्द्रीय सरकारको पुत्लादहन गरेर प्रदर्शन गरिरहेका छन् । झलाघाट क्षेत्र पञ्चेश्वर बहुउद्देश्यीय परियोजनाको डुबान क्षेत्रमा पर्छ । आजको नेपाल समाचारपत्रमा खबर छ ।