एक्लाेपनकाे अाभाष

कविता

लेखक

सोचेका सपनाहरू 
प्राय अपुरै र अधुरै रहन्छन
जसरी सोच्दा सोच्दै 
जिन्दगी अधुरो रहन्छ
न सोचाइको टुङगो लाग्छ 
न भोगाइको टुङगो
जिन्दगीमा
 जे देखिन्छन सपनाहरु
सब अपुरा हुने डर
सब चकनाचुर हुने डर
जब एक्लो हुन्छ मान्छे
एक्लोपनको आभास हुन्छ मनमा
सब बेकार देखिन्छन आफ्ना अगाडी
न आफ्नो केहि मूल्य लाग्छ 
न आफ्नै मुल्यांकन 
सब उस्तै उस्तै लाग्छन यहाँ ,
जस्तो पहिले देख्थे उस्तै देखिन्छ
कुरूप कुरूप बनमारो झार जस्तै 
देखिन्छन सबका सब
लाग्छ म नि उस्तै छु
मेरो सेरोफेरो नि उस्तै छ
सब मधहोस 
सब शान्त
सब मौन
केवल एक्लोपनको आभाष ।