चीन पुगेर महराले सोधे : नेपालमा उच्चस्तरीय भ्रमण कहिले हुन्छ ?

चिनियाँ राष्ट्रपति सी चिनफिङले गत असोजमा नेपाल भ्रमणगर्ने अनौपचारिक तयारी थियो, तर अन्तिम समयमा रद्ध भयो। अघिल्ला राष्ट्रपति हु जिन्ताओ दुबै कार्यकालमा नेपाल आएनन्। चीन भ्रमणमा रहेका उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराले राजनीतिक भेटघाटमा यसबारे जिज्ञासा राखिरहेका छन् ‘ २१ वर्षदेखि चिनियाँ उच्च नेतृत्वबाट नेपाल भ्रमण किन भइरहेको छैन? राष्ट्रपति सीको पहिलो कार्यकालसकिन लाग्दैछ।

तर पनि नेपाल भ्रमण हुन नसकेकोबारे महराले त्यहाँको नेतृत्वसमक्ष गुनासो गरेका छन् र भ्रमणकालागि आग्रहसमेत। प्रधानमन्त्री ली खछ्याङ, स्टेट काउन्सिलर याङ जेइछी, विदेश मन्त्री वाङ यी र चिनियाँ कम्युनिष्ट पार्टी विदेश विभागका मन्त्री सोङ ताओसँग उनले यस्तो धारणा व्यक्त गरेका हुन्। महराले चीन नेपालको निकट र सदाबहादर मित्र हुँदा पनि उच्च राजनीतिज्ञको भ्रमण नभएको विषयलाई उठाएका थिए।

चिनियाँ पक्षले नेपालले भ्रमणका लागि गम्भीर तयारी नगरेको उत्तर दिएको छ। ‘भ्रमण हुँदा कुनै नयाँ सहमति र लगानीको विषय उठ्न आवश्यक हुन्छ। यसमा गृहकार्य भएर उपयुक्त समयमा भ्रमण हुने जानकारी चिनियाँ नेताहरुलेदिएका छन्’ एक वरिष्ठ अधिकारीले टेलिफोनमा भने। महराले राष्ट्रपति स्तरबाट दुई पक्षीय राजकीय भ्रमण नभएको विषय पनिउठाएका थिए। नेपालबाट चीनतर्फ विशुद्ध दुईपक्षीय (कुनै कार्यक्रमविहीन) भ्रमण हुन नसकेको धेरै भएको छ। नेपाल संघीय गणतन्त्रमा गएपछि बनेका पहिलो राष्ट्रपति रामवरण यादवले बेइजिङको राजकीय भ्रमण नै नगरीआफ्नो कार्यकाल सके।