गोरखपुर दुर्घटनामा सात नेपालीको मृत्यु

भैरहवा – भारतको गोरखपुरनजिक पुरन्दरपुर भन्ने ठाउँमा सवारी दुर्घटना हुँदा सात जना नेपालीको मृत्यु भएको छ ।

घटनामा एक भारतीयको पनि मृत्यु भएको छ । रेडिमिक्स र कार एक आपसमा ठोक्किदा चार पुरुष, एक महिला र दुई बच्चा (नेपाली)को मृत्यु भएको बताइएको छ ।