बानेश्वरमा मन्त्रीको गाडीले मोटरसाइकललाई ठक्कर दियो, दुई घाइते

नयाँ बानेश्वरमा मन्त्रीको गाडीले मोटरसाइकललाई ठक्कर दिँदा दुई जना घाइते भएका छन् ।

नयाँ बानेश्वरमा मन्त्रीको गाडीले मोटरसाइकललाई ठक्कर दिँदा दुई जना घाइते भएका छन् । बा १ झ ७१६३ नम्बरको झण्डावाल गाडीको ठक्करबाट बा ४८ प ९२५० नम्बरको मोटरसाइकलमा सवार दुई जना घाइते भएका हुन् । घाइते हुनेहरुमा सिन्धुपाल्चोक जलबिरेका सहदेव श्रेष्ठ र उनकी सानीआमा अन्जु श्रेष्ठ छन् । घाइतेहरुको एभरेष्ट अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनापछि बानेश्वर क्षेत्रमा सडक अवरुद्ध भएको छ ।