अस्पतालमा औषधिको हाहाकार
प्रकासित मिति : २०७४ भाद्र २३, शुक्रबार ०१:०६
प्रकासित समय : ०१:०६
जिल्ला तहमा रहेका सरकारी अस्पतालमा औषधिको अभाव देखिएको खबर आजको नेपाल समाचारपत्रमा छ । सरकराले औषधि खरिदका लागि बर्षेनि लाखौं रुपैयाँ बजेट छुट्याउँदा पनि पर्याप्त मात्रामा जिल्ला तहका अस्पतालमा औषधि पुग्ने गरेको छैन ।
सरकारले प्रत्येक स्वास्थ्य संस्थामा ७० प्रकारका औषधि निशुल्क वितरण गर्ने निर्देशन दिए पनि पर्याप्त औषधि नभएको जिल्ला तहका अस्पतालले बताउँदै आएका छन् ।