८८ केजी सुन तस्करीका थप दुई पक्राउ

८८ केजी सुन तस्करीमा संलग्नहरुको पहिचान गर्ने क्रममा नेपाल प्रहरीको महानगरीय अपराध अनुसन्धान महाशाखाले रसुवागढीबाट दिलीप खड्का र स्याफ्रुबाट दाम्पा तामाङलाई पक्राउ गरेको छ ।

मंगलबार काठमाडौं ल्याईएका दुवै जनाले सुन बोकेर आएको गाडीलाई केरुङ नाका कटाउन र वारि ल्याउन सहयोग गरेको खुलेको छ ।

खड्का र तामाङले सुन तस्करी गरेको गाडीलार्य केरुङ नाकापारि सुन लोड गर्ने ठाउँसम्मै पुर्याएका थिए कि थिएनन् भन्नेमा प्रहरीको अनुसन्धान केन्द्रित छ ।, आजको कान्तिपुरमा यो खबर छ ।