गजल

लेखक

घरखेत धितो राखेर पठाउँछन सोच्दै नसोची
छोरा, शहरमा उडाई रह्यो धन सोच्दै नसोची

आमाले पठाएको गुन्द्रुक मिल्कायो ‘छि’भन्दै
कसरी गुज्रियो आफ्नो बचपन सोच्दै नसोची ।

आवेगमा उसको तस्बिर जलाएँ, भुल्छु भनेर
त्यो चित्र नहुँदा पिडा बढ्ला झन् सोच्दै नसोची ।

जब आफ्ना भन्नेहरु ले नै फाँसीको माग राखे
रत राखि-दिए अचानोमा गर्दन सोच्दै नसोची ।

यी मान्छेहरु किन?अह म् का महल बनाउछन
भोलि अर्कैले ओढाउनेछ कफन सोच्दै नसोची ।

                                    जाजरकाेट ढिमे हाल मलेशिया