फ्रि भिसा र टिकटको मुल्य एक लाख भन्दा बढी
प्रकासित मिति : २०७४ भाद्र २०, मंगलवार ००:५८
प्रकासित समय : ००:५८
सरोकारवाला निकायलाई नि:शुल्क भिसा र टिकट अनुसार ने कामदार वैदेशिक रोजगारीमा पठाइरहेको प्रतिवेदन दिने गरेका मेनपावरले असुली भने प्रतिव्यक्ति एक लाख रुपैयाँ भन्दा बढी गरिरहेको पाइएको छ ।
कामदारले मेनपावरद्धारा तोकिएको शुल्कभन्दा बढी रकम असुल गरिरहेको गुनासो गर्ने क्रम बढेपछि वैदेशिक रोजगार विभागले थालेको अनुगमनको क्रममा प्रतिव्यक्ति एक लाखभन्दा बढी असुल गरिरहेको तथ्य भेटिएको हो ।
विभागले अनुगमनको क्रममा तीन मेनपावरले प्रतिव्यक्रि एक लाख रुपैयाँभन्दा बढी असुल गरिरहेको रंगेहात फेला पारेको छ । आजको नागरिकमा खबर छ ।