अथक बटुवा

कविता

लेखक

मेराे यात्रा हजार मायलकाे लामाे छ
मेराे अगाडि सुन्दर उज्ज्वल भविष्य छ 
मेराे पछाडि लामाे कहानी छ
मेराे पिठ्युँमा न्याय र मुक्तिकाे भारि छ
मेराे काँधमा देशकाे काचुलि फेर्ने
थप जिम्मेवारी सुम्पियकाे छ
मलाई चुप लागेर बस्ने फुर्सद छैन
अन्याय अत्याचारका बिरुद्ध लड्नु छ
मलाई हात बाधेर बसिरहने समय छैन
मेराे हातमा रक्तिम कलम छ जुन
बिरता र वलिदानका स्वर्णिम इतिहास काेर्नु छ
अँह म त थाक्दै नथाक्ने
एक निडर अथक बटुवा हुँ।।

# मेराे केवल एउटा मात्र लक्ष्य छ
एउटा मात्र सुन्दर सपना छ
मलाई बिष्णाम गर्ने समय छैन
यतिबेला सर्बहारा बर्गकाे भाग्यरेखा काेर्न ब्यस्त छु
युद्ध माेर्चाकाे एक छेउबाट
संसारकाे चित्रण गरिरहेकि छु
मैले फाेगटियामा दिन बिताउनु छैन
इतिहासले सुम्पेको अभिभारा पूरा गर्नु छ
शहिदका अधुरा सपना साहाकार पार्नु छ
ढाई कराेड जन्ताकाे अंगरक्षक बन्नु छ
जनमुक्ति सेनाकाे एक सिपाहि बनेर
अाँधिमय भिषण माेर्चा लड्नु छ
मेराे यात्रा राेक्न खाेज्ने
बिशालु काडाहरु पन्छाउनु छ
मेराे अगाडि बिछ्याइएका
बिद्धुतिय धरापहरु निष्कृय पार्नु छ
म बिचारमा हार्दै नहार्ने
एक अबिचलित बटुवा हु ।

चाहे मेराे अगाडि मृत्यु धरापहरु थापियका हाेलान
चाहे मेराे हात खुट्टाहरु चिरेर
जिबन्त घाउमा नुन चुक हालियलान
भाैतिक शरीर फाँसीकाे फन्दामा
ज्युदै झुण्ड्याइयलान
म हजारौं पाषविक यातना भाेग्न तयार छु
म अाफ्नाे जिबनदान गर्न राजि छु
तर म सद्धैभ अाजिबन भरि नथाक्ने ,
नझुक्ने , नरुक्ने अबिचलित अथक वीर याेद्धा बन्न
बर्गसंघर्षकाे रापिलाे भट्टिमा खारिदै छु
अाँखाकाे नानि र मुटुको ढुकढुकिमा सजिन
प्रदिप्त ज्याेतिसँग मुस्कुराउदै
साैन्दर्यकाे प्रतीक बनिरहन
महान यात्रामा सद्धैभ लडिरहन
म यसैकाे पक्षपाति एक अथक बटुवा हुँ ।

म त एक वीर भूषण हुँ
मैले प्रत्यक यातनाका हस्तचक्रहरुमा
अास्था र उद्धेश्यकाे महान बाटाे काेर्न
मेराे काँधमा
मेराे साथमा
मेराे कर्ममा
मेराे जिम्यवारमा जे परे पनि
भबिस्यबाणी र बैज्ञानिक्ताकाे
अादर्श बाट पूरा गर्न
म एक अथक निष्टावान र कर्तव्यशिल बटुवा हुँ
म एक अथक युद्ध यात्रि हुँ ।

मिति २०६१/८/१३