महानगरमा छैनन् प्राविधिक : एक्ली शारदाको जिम्मामा तीन वडा

काठमाडौं महानगरपालिकाले वडास्तरीय भौतिक पूर्वाधार तथा अन्य विकासे कार्यक्रमका लागि पर्याप्त जनशक्ति नखटाएको पाइएको छ । समयमा प्राविधिक, इन्जिनियर नखटाउँदा विकास निर्माण प्रभावित बनेको छ । महानगरमा ३२ बडा कार्यालय रहेका छन् । आजको नागरिक काष्ठमण्डपमा खबर छ ।

वडा कार्यालयमा प्राविधिक र इन्जिनियरको दरबन्दी नहुँदा विकास निर्माण प्रभावित भएको हो । महानगरपालिकाका इन्जिनियर शारदा डंगोलले बडा नम्बर १६, १७ र २६ को जिम्मेवारी पाएको बताइन् ।

उनले भनिन्,

-एक्लैले तीन बडाको विका निर्माणको कामको डिजाइन तथा लागत स्टिमेट तयार गाह्रो भइरहेको छ ।

-सबै वडमा पर्याप्त समय दिन पाइँदैन ।

-जनगुनासा धेरै नै आइरहेका हुन्छन् ।