निगम जग्गा खरिदमा बेथिति- कारबाही गर्न मन्त्री किन गर्दैछन आलटाल ?

संसद्को सार्वजनिक लेखा समितिले नेपाल आयल निगमको जग्गा खरिदमा अनियमितता भएको ठहरसहित दोषिमाथि कारबाही सिफारिस गरेको विषयमा आफुलार्य जानकारी नभएको भन्दै आपुर्तिमन्त्री शिवकुमार मण्डल ले उम्किने प्रयास गरेका छन् ।

मन्त्री मण्डलले शनिवार राजधानीमा आयोजित एक सार्वजनिक कार्यक्रममा यस विषयमा आफुलाई सार्वजनिक लेखा समितिको पत्र प्राप्त नभएको बताएका हुन् ।

मन्त्री मण्डलले उम्किन यस्तो बताए पनि लेखा समितिले साउन २२ गते आपुति मन्त्रालयलार्य उक्त निर्णय पत्र बुझाएको प्रमाण भेटिएको छ ।, आजको नागरिक दैनिकमा यो खबर छ ।