अखिल क्रान्तिकारीको नयाँ नेतृत्व चयन अध्यक्षमा रञ्जित तामाङ

उपाध्यक्षमा पञ्चा सिंहकाे सबैभन्दा बढिमत

अखिल क्रान्तिकारीको नयाँ नेतृत्व चयन गर्न भएको निर्वाचनबाट ८४५ मत पाउँदै रञ्जित तामाङ अखिल क्रान्तिकारीको अध्यक्षमा निर्वाचित भएका छन् । उनका प्रत्यासी अनिल शर्माले ८२२ मत पाएका छन् ।  शनिबार बिहान सार्वजनिक परिणामअनुसार सबैभन्दा धेरै मत पञ्चा सिंहले पाएकी छन् । पञ्चाले १०५४ मत पाउँदै उपाध्यक्ष निर्वाचित भएकी छन् । २ हजार २२ मतदातामध्ये निर्वाचनमा १ हजार ७ सय ४ मत खसेको थियो ।

रन्जित तामाङ

दोस्रो धेरै मत पाउनेमा दिपेश पुन छन् । तेस्रोमा इन्द्र भुसाल र चौथोमा सुरेन्द्र बस्नेत छन् । पुनले ९२१ मत पाउँदै जनजाति उपाध्यक्ष जितेका छन् भने दलित उपाध्यक्षमा विजयी भुसालले ८१७ मत पाएका छन् । चौथो धेरै मत पाउँदै सुरेन्द्र बस्नेत खुला उपाध्यक्ष बनेका छन् । उपाध्यक्षमा तिलक भण्डारी, दिपक देवकोटा, विजय गौतम र रविकिरण यादव पनि निर्वाचित भएका छन् ।

पन्चा सिंह

महासचिवमा उत्तम अधिकारी विजयी भए । उनले ५६९ मत पाएका छन् । उनका निकतम प्रतिस्पर्धी खेमबहादुर सिंहले ५१९ मत पाए ।यसैगरी उपमहासचिव पदमा सबैभन्दा धेरै मत जीपी मैनालीले पाउँदै निर्वाचित भए । मैनालीले ७२२ मत पाएका छन् । यसैगरी तुकमान महरा, मिलन महतरा र नरेश रेग्मी विजयी भए ।

३३ सदस्यीय पदाधिकारीमा एकजना उपाध्यक्ष र एकजना उपमहासचिव मनोनित गर्ने व्यवस्था छ । यसैगरी कोषाध्यक्षमा केशव रावल विजयी भएका छन् । रावलले निकटतम प्रतिस्पर्धी नवराज ऐरलाई ४४ मतअन्तरले पछि पारे । रावलले ५४४ र ऐरले ५ सय मत पाएका छन् । सचिव पदमा डिबी साउद, प्रविणा अधिकारी, गंगा दाहाल, गजेन्द्र प्रसाद देव, राजकुमार याक्सो लिम्बु, कल्पना मिया र मदन भुल विजयी भएका छन् । सचिव तर्फ सबैभन्दा धेरै मत मुस्लिम कोटाबाट निर्वाचित कल्पना मियाले पाएकी छन् । उनले ७६५ मत पाएकी छन् ।

यसैगरी एक नम्बर प्रदेश सचिवमा मदन कुमार भट्टराई, २ नम्बर प्रदेश सचिवमा सुर्यनारायण साह, ३ नम्बर प्रदेश सचिवमा पवन कार्की, ४ नम्बर प्रदेश सचिवमा क्षितिज सापकोटा, ५ नम्बर प्रदेश सचिवमा नारायण खनाल, ६ नम्बर प्रदेश सचिवमा अम्मरराज शाही र ७ नम्बर प्रदेश सचिवमा दिनेश प्रसाद भट्ट विजयी भए । यस्तै विश्वविद्यालय सचिवमा डा. अच्युत भट्ट निर्वाचित भएका छन् ।