नेपाली सडकमा भारतीय बालबालिका : यसरी पार्छन हैरान
प्रकासित मिति : २०७४ भाद्र १७, शनिबार ०१:१३
प्रकासित समय : ०१:१३
काठमाडौंका अति व्यस्त स्थानहरुमा फर्जी कागजात देखाउँदै पैसा माग्दै हिँडेका भारतीय बालबालिका र तिनका आभिभावकका कारण नेपालका सरकारी निकायहरु हैरान भएका छन् ।
जोखिमयुक्त अवस्थामा पैसा मागी बस्ने र बसाउने बालबालिका र तिनका अभिभावकसमेतलाई उद्दार गरे पनि तीनिहरु फेरि सडकमै पुग्ने समस्याले गर्दा केन्द्रीय बाल कल्याण समिति र बालबालिका खोजतलास समन्वय केन्द्र हैरानीमा परेका हुन् । भारतीय बालबालिकार र तिनका अभिभावकसमेतबाट शहरका बटुवा समेत हैरान हुने गरेका छन् ।