गजल

लेखक

जिन्दगी यो मेरो न झर्छ न फुल छ यस्तै छ 
दु:ख पीडा मसँग हुलका हुल छ – यस्तै छ ।

वारि आत्मा रुदै थियो – पारी म छट्पटी रहें
हाम्रो मिलन गराउने न पुल छ यस्तै छ ।

बिज्छ जहिले नि मेरो सिरानी र डस्नाहरु
हेर नयनमा आँशुको न मुल छ यस्तै छ ।

टोलाउछु ,हसाउछु एकान्तमा एक्लै – एक्लै
कारण मनभित्र अतितको शुल छ यस्तै छ ।

थाम्न सकेन मैले चलिराछ आँधी बेहरी
तन मन त्यसै-त्यसै चुलबुल छ यस्तै छ ।

 

घोराही दांङ्ग
हाल-दुबई