फ्रुटी बनाउने कच्चा पदार्थ नै मिति गुज्रेका भेटिएपछि….

दुगड फ्रुट एनड वेभरेज प्रालिको सतुंगलस्थित कम्पनीमा महानगरीय अपराध महाशाखाले छापा मारेको छ । कम्पनीले उत्पादन गर्ने फ्रुटी जुस बनाउन प्रयोग गरिने पदार्थ टाटापुरी म्याङ्गो पल्प मिति गुज्रेको भेटिएपछि महाशाखाले छापा मारेको हो ।

महाशाखाका अनुसार दुई बर्षअघि नै म्याद गुज्रिएको कच्चा पदार्थको प्रयोग गरेर कम्पनीले फ्रुटी जुस उत्पादन गरिरहेको थियो ।, यो खबर आजको कान्तिपुरमा छ ।