पहिले चहलपहल अहिले चकमन्न : मान्छे नभएपछि तातोपानीमा

सिन्धुपाल्चोक – झन्डै २७ महिना अघि विनाशकारी भूकम्पको चपेटामा परेको मुलुकको प्रमुख उत्तरी नाका तातोपानी खासा बजार अहिले मानवरहित बन्न पुगेको छ ।

नेपाल चीन जोड्ने सबैभन्दा चल्तीको यो नाकामा विगतमा बाह्रै महिना चहलपहल हुन्थ्यो । दसैं, तिहार, जाडोजस्ता सिजन आउनुअघि चीनबाट सामान ल्याउने व्यापारीको भीडले यहाँको रौनक बेग्लै हुन्थ्यो । अहिले तातोपानी नाकामा बस्नेहरु सधैंका लागि व्यापार व्यवसाय र घरबार छोडेर हिँडेका छन् ।