बाडिपिडितहरूका लागि एचडीएनपी नेपालले गर्याे दिलखाेलेर सहयाेग

HDNP NEPALले बाडीपिडितहरूलार्इ सहयाेग गरेकाे छ । लामाे समय सामाजीक सेवामा उल्लेख्य याेगदान पुर्याउदै अाएकाे HDNP NEPAL ले  तराइमा भएकाे क्षतिमा मल्हम स्वरूप बाडीपिडितलार्इ सहयाेग गरेकाे हाे । पिडितहरूलार्इ खाध्य तथा लजेस्टीक लगायत सक्दाे अार्थिक सहयाेग गरेकाे संस्थाकी उपाध्यक्ष भगवती राेका भुमिकाले जानकारी दिएकी छन । २०७४ श्रावण २७ गते परेको अवीरल बर्षाका कारण पूर्वी नेपालका सुनसरी लगायतका अधिकाश तराईका जिल्लाहरुमा जनधनको ठूलो क्षति भएको थियाे  ।

राेकाले भनिन मानबिय संबेदनाका अाधारमा आपत्तिमा हामिले सकेको र मानविय संबेदनसिल दाताहरुको सहयोगले संकलित दानदातव्य बोकेर हामि असहाय तथा जरुरत मानवीय सहायता नेपाल (HDNP- Nepal ) को संयोजत्व तथा The insight vision college र पुर्बी नेपाल बिकास सहकार्य केन्द्र जापान को सहकार्यमा सप्तरी जिल्ला रुप्नीका १,२,३ वडा १२५ भन्दा बढी बाढी पीडित घर हरु लाई साथै बिष्णुपुर गाउँपालिकाका पिडित प्रत्येक घरलाई ( चामल २५के.जि., त्रिपाल, बाल्टी, जग, झुल, तेल, चाउचाउ, बिस्कुट लागायत खाध्य सामग्री ) र एक बिपन्न असाध्यै असहाय जरुरत परिबार लाई दुई कोठा घर बनाउन को निम्ति छानो छाउन रु २५००० हजार बराबर को जस्तापाता हस्तान्तरण गर्याेँ ।

यसले हामीलार्इ सामाजिक काममा उत्साहित बनाएकाे छ ।  सानो सहयोगले पनि अभाव र बिपत्तिमा परेकाहरुको लागि ठूलो मानवीय सहायता हुनेछ ।यहि साेचेर   हामी पिडित समक्ष पुग्याैँ ।  HDNP NEPAL खुत्रुके बचतबाट संचालित गैरनाफामुलक सामाजिक संस्था हो । यो संस्थाले आफ्नो स्थपनाको लगभग ४ बर्षको अबधिमा मासिक रुटिङ्ग अनुसार काठमाण्डौ उपत्यका लगायत उपत्यका बाहिरका भूकम्प पिडितलाई राहात बितरण, विभिन्न बृद्दा आश्रममा निशुल्क भोजन,खाध्यान्न बितरण,अनाथल अपाङ्ग नानीहरुलाई खाध्यान्न , स्टेसनरी,ब्याग र न्याना लुगा बितरण साथै छात्राबृतीमा २ जना नानीहरु पढाईरहेको छ भने हरेक ३/३ महिनामा रक्तदान गर्दै आएको बताइएकाे छ ।