माओवादी केन्द्रको जम्बाे हेडक्वार्टर विघटन

माओवादी केन्द्रले ३४ सदस्यीय हेडक्वाटर विघटन गरेको छ । पार्टीको निर्णयलाई व्यवस्थित बनाउन हेडक्वार्टर विघटन गरी केन्द्रीय सचिवालयलाई कार्यकारी अंग बनाइएको प्रवक्ता पम्फा भुसालले बताइन् । आइतबार बसेको पार्टी हेडक्वार्टरको अन्तिम बैठकले पार्टीको सबै अधिकार सचिवालयलाई दिएको उनले जनाइन । सचिवालय ९९ सदस्यीय हुनेछ । यसअघि हेर्डक्वार्टर सर्वोच्च निकायको रुपमा रहेको थियो । अन्य पार्टीबाट प्रवेश गर्नेलाई पनि ९९ भित्रै समेटिने भुसालले बताइन् । रुपान्तरित सचिवालयको पहिलो बैठक १६ भदौमा बस्ने भएको छ । बैठकले प्रेमबहादुर सिंह नेतृत्वको समाजवादी जनता पार्टी र लोकमणि ढकाल नेतृत्वको जनजागरण पार्टीले माओवादी केन्द्रको चुनाव चिन्हमा भाग लिन पाउनुपर्ने प्रस्तावलाई स्वीकृतसमेत गरेको छ ।

महाधिवेसन आयोजक समिति विघटन गर्न स्वीकृति

माओवादी केन्द्रका प्रदेश कमिटिहरुले जम्बो महाधिवेशन आयोजक समिति विघटन गर्न स्विकृत दिएका छन् । गत २ साउनदेखि एक हप्तासम्म बसेको केन्द्रीय सचिवालय बैठकले महाधिवेशन आयोगक समितिलाई विघटन गर्ने निर्णय गरेको थियो । तर, त्यसअघि प्रदेश कमिटीबाट स्वीकृत गराउने निर्णय थियो ।

६ वटा प्रदेशले आयोजक समिति विघटन गर्न स्वीकृत दिइसकेको प्रवक्ता पम्फा भुसालले बताइन् । प्रदेश नं. १ कमिटीले मात्र स्वीकृत दिन बाँकी रहेको छ । कमिटीको बैठक सोमबार बस्दैछ । ‘हामीले औपचारिक रुपमा सबै प्रदेश कमिटि वैठक सक्छौ ।’ भुसाललेले नयाँ पत्रिकासंग भनिन, ‘प्रदेशबाट स्विकृत भईसकेपछि केन्द्रीय सचिवालय वैठकले महाधिवेसन आयोजक समिति विघटन गर्छ ।’ यसअघि नै माओवादी सचिवालयले दुई अङ्कको आयोजक समिति बनाउने निर्णय गरीसकेको छ । चर्को विरोध भएपछि प्रक्रिया पु¥याएर आयोजक समिति विघठन गर्न लागिएको हो ।

पार्टीभित्र महाधिवेसन गर्न दबाब

महाधिवेशन गर्न पार्टीभित्र दबाब बढ्दै गएको माओवादी केन्द्रका एक नेताले बताए । प्रदेश नम्बर २ को स्थानीय निर्वाचन, प्रदेश र संघको निर्वाचनपनि ७ माघभित्रै गर्नुपर्ने भएकाले असन्तुष्टिको आवाज बाहिर नआएको ती नेताले बताए । संगठन भद्रगोल हुँदै गएपछि असन्तुष्टी बढेको हो । तीनै तहको निर्वाचन सकिएपछि महाधिवेनमा जाने तयारी रहेको नेता हेमराज भण्डारीले बताए । ‘तत्काल महाधिवेसन गर्न समय नभएकाले पछाडि धकेलिएको हो ।’ उनले भने, ‘सबै निर्वाचन सकिएपछि यसै वर्षको अन्तिमसम्ममा महाधिवेसनको मिति तोकिने सम्भावना छ ।’ यसअघि माओवादी केन्द्रीय सचिवालय वैठकले तीन वटै निर्वाचन सकिएपछि महाधिवेशन गर्ने निर्णय गरेको थियो ।