सय दिन नपुग्दै काठमाडौंका मेयर-उपमेयरको खटपट शुरु
प्रकासित मिति : २०७४ भाद्र ११, आईतवार ००:५४
प्रकासित समय : ००:५४
काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य र उपमेयर हरिप्रभा खड्गीबीच एक सय दिन नपुग्दै खटपट शुरु भएको छ ।एमाले निकट शाक्य र कांग्रेसनिकट खड्गीबीचको खटपट सतहमै पुगेको छ ।
उपमेयर खड्गीलेमेयर शाक्यले हरेक काम आफूसँग सल्लाह नगरी एकलौटी रुपमा गर्ने गरेको आरोप लगाएकी छन् । आफूले उपमेयरको कार्यभार सम्हालेदेखि नै मेयर शाक्यले एकलौटी गर्दै आएको आरोप खड्गीको छ ।