नेपालको ‘फुरु’ तिब्बतमा लोकप्रिय

चीनको स्वशासित क्षेत्र ताक्लाकोटमा मौलिक नेपाली उत्पादन ‘फुरु’को व्यापार बढ्दै गएको छ ।हिमाली क्षेत्रमा पाइने तिल्याइलो र पाँगरको रुखमा हुने गाँठोबाट बनाइएको काठको भाँडा फुरु तिब्बतमा उडन कपका नामले चिनिन्छ ।

नेपालका विभिन्न जंगलमा पाइने यो काठबाट आफै भाँडा निर्माण गर्नु हुम्ला र बझाङका तामाङ जातीको पुख्र्यौली पेशा पनि हो ।