यीह हुन देउवा मोदीबीचका सयुक्त वक्तव्यका ४६ बुदा

प्रधानमन्त्री शेरवहादुर देउवाको भारत भ्रमणको औपचारिक भेटघाट तथा वैठक सकिएलगत्तै दुवै देशले संयुक्त प्रेस वक्तव्य जारी गरेका छन् । त्यसका केही महत्वपूर्ण वुँदाहरु यस प्रकार छन् । उच्चट्ठतरीय राजनीतिक भ्रमणलाई निरन्तरता दिनेदेखि पञ्चेश्वर परियोजना डीपीअार एक महिनामा टुङ्ग्याउने सम्मका विषय रहेका छन् ।

प्रमुख बुँदा यस्ता छन्–

  • दुई देशको वीचमा भएका उच्चस्तरको राजनीतिक भ्रमणको आदान प्रदानले दुईपक्षीय सहकार्यका एजेण्डाहरुलाई अगाडी वढाउन नयाँ गति दिएको छ ।
    दुवै देशका प्रधानमन्त्रीले दुई देश वीचको वहुआयामिक, वृहत तथा गहिरो सम्वन्धको वारेमा सन्तुष्टी व्यक्त गरेका छन् ।
    दुवै प्रधानमन्त्रीले सद्भाव, आपसी विश्वास, आपसी फाइदा आधारमा दुई पक्षीय सम्वन्धलाई अगाडी वढाउने प्रतिवद्धत्ता व्यक्त गरेका छन् ।
    भारतका प्रधानमन्त्रीले नेपालमा स्थानीय तहको निर्वाचन सम्पन्न गरेकोमा प्रधानमन्त्री देउवालाई वधाई दिए ।
    दुवै देशका प्रधानमन्त्रीले डिफेन्सको क्षेत्रमा भईरहेको सहकार्यप्रति सन्तुष्टी व्यक्त गदै आगामी दिनमा नेपाल र भारतको सेनाको वीचमा गहिरो सहकार्य अगाडी वढाउन प्रतिवद्धता व्यक्त गरे ।
    खुला सिमानाको दुरुपयोग नहोस् र यसले कसैको सुरक्षामा चुनौती नथपियोस भन्नेमा दुवै पक्षले प्रतिवद्धता व्यक्त गरे । दुवै देशले आफ्नो भुमि एक अर्काविरुद्ध प्रयोग हुन नदिने प्रतिवद्धता व्यक्त गरे ।
    विकासका परियोजनाहरुको अनुगमन गर्न वनेको संयन्त्रको कामप्रति सन्तुष्टी व्यक्त गदै दुवै पक्षले विकासका परियोजनाहरुमा देखापरेको गतिरोधलाई अन्त गर्ने प्रतिवद्धता व्यक्त गरे ।
    अहिले निर्माण भईरहेका रेलवे परियोजनालाई छिटो सम्पन्न गदै थप तीन वटालाई अगाडी वढाइने
    एकीकृत सुरक्षा जाँच प्रणालीको निर्माण कार्यलाई अगाडी वढाइने र भैरहवा र नेपालगन्जमा पनि निर्माण कार्य अगाडी वढाइने ।
    पेट्रोलियम पदार्थको पाइपलाइन निर्माण कार्यलाई तिब्रता दिने, एलपीजी ग्यासको पनि पाइपलाइन निर्माण गर्ने ।
    वारा निजगढमा अन्तराष्ट्रिय विमानस्थल वनाउने विषयमा छलफल अगाडी वढाउने
    महाकाली नदीको मोटर चल्ने पुल वनाउने विषयमा छलफल अगाडी वढाउने
    वीरगन्ज–रक्सौल सिमानामा मैत्री पुल वनाउने
    बिशेष आर्थिक क्षेत्रको विकास गरिने
    १३२ केभीको नयाँ ट्रान्समिसन लाइनको निर्माण गर्ने
    पन्चेश्वर परियोजनाको डिपिआरलाई एक महिनाभित्र फाइनल गर्ने
    नेपालमा वढि लगानीको आवश्यकता रहेको छ
    सार्क, विमस्टेक र अन्य सव–रिजनल सहकार्यबाट फाइदा लिनुपर्ने जोड ।
    संयुक्त राष्ट्रसंघको स्थायी सदस्यका लागि भारतको उम्मेदवारीमा नेपालले समर्थन गर्ने ।
    सबै खालको आतंकवाको विरुद्धमा लड्ने प्रतिवद्धता
    भारतीय प्रधानमन्त्री मोदीलाई देउवाद्वारा नेपाल भ्रमणको निम्ता