यसरी पिए देउवाले मोदीले हाले, अनि शुष्माले जब दिईन

भारतको पाँच दिने राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा आफ्ना समकक्षीसहितका भारतीय नेतृत्वले देखाएको संबेदनशिलताको कारण भावुक बन्न पुगेका छन । उच्चस्तरीय भ्रमणटोलीसहितको समकक्षीसँगको दुईपक्षीय बार्ता सकेर संयूक्त पत्रकार सम्मेलनको लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग पोडियममा उभिएका देउवा समकक्षीले देखाएको सदासयताले भावु बन्न पुगेका हुन । द्धिपक्षी वार्तापछि संयूक्त पत्रकार सम्मेलन सुरु भयो, नेपालका प्रधानमन्त्री देउवाले आफ्नो भ्रमणको क्रममा दुई देशका विचमा भएका सहमति र आफ्नो भ्रमणको विषयमा आफ्नो धारणा राखिरहेका थिए ।

सामान्य स्वास्थ्य समस्या रहेका प्रधानमन्त्री देउवा बोल्दा बोल्दै विच विचमा खोक्दै थिए । अगाडि लामा लागेर बसेका नेपाली डेलिगेनको प्रधानमन्त्रीको भनाई सुनिरहेका थिए । सबैको ध्यान दुई मुलुकका प्रधानमन्त्रीहरुमाथि नै थियो । तर भारतीय प्रधानमन्त्री मोदी भने छेउमै रहेको मिनरल वाटरको बोतल तर्फ आफ्नो ध्यान आर्कषित गरे । देउवा बोलिरहँदा उनले बोतलको पानी ग्लासमा खन्याईसकेका थिए ।

पानी ग्लासमा खन्याईसकेपछि उनले भारतीय विदेशमन्त्री शुष्मा स्वराजतर्फ इशारा गरे । स्वराज आएर त्यो ग्लास बोकेर देउवाको अगाडि राखिदिईन र पानी पिउन देउवालाई इशारा गरिन । घाटीमा खसखस भएर होला बोल्दा बोल्दै विचमा खोकीरहेका देउवालाई सहृदयी रुपमा स्वराजले पानी दिईन, देउवाले पिए र आफ्नो मन्तब्य टुङग्याए । शुष्माले पानी दिदा देउवा निक्कै भावुक देखिन्थे । उनी भावनामा बहकिएको अनुमान लगाउने गाह्रो पर्दैन थियो । त्यही क्षणमा देउवाले नेपालको भूमि भारत बिरुद्ध कुनै पनि हालतमा प्रयोग गर्न दिन्न भन्दै प्रतिबद्धता ब्यक्तगरे । यो भनिरहँदा देउवा भावुक नै थिए । देउवालाई पानी पियाउन मोदी र शुष्मा आफै सक्रिय भईरहँदा नेपाली डेलिगेशन भने लाजले पानी पानी देखिएका थिए ।