आयाल निगमकाे अर्काे काण्ड, सर्लाहीमा १७ करोड घोटाला’
प्रकासित मिति : २०७४ भाद्र ९, शुक्रबार ००:३४
प्रकासित समय : ००:३४
नेपाल आयल निगमले सर्लाहीमा जग्गा खरिद गर्दा करिब १७ करोड रुपैयाँ घोटाला गरेको निष्कर्ष संसदीय समितिले निकालेको छ । स्थलगत अध्ययन गर्न सर्लाही आएको संसदको उधोग बाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समितिको टोलीले यस्तो निष्कर्ष निकालेको हो ।
निगमले चैतमा लालबन्दी नगरपालिका १ नवलपुस्थिती जंगलटोलमा १५ बिघा ६ कठ्ठा १४ धुर जग्गा खरिद गरेको थियो ।, यो खबर आजको नागरिकमा छ ।